युएईमा जारी महिला यू-१९ विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले कुवेत सामू जितका लागि १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
युएईको द सेभेन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।
नेपालका लागि कप्तान पूजा महतोले ३४ रन जोड्दा साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाइन् ।कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक-एक विकेट लिए ।
नेपाल लगातार दोस्रो जित हात पार्ने योजनामा रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि ६७ रनको जित हात पारेको थियो । जारी छनोटमा कुवेत, नेपाल र थाइल्यान्ड र युएई सहभागि रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्