राजनीति

विप्लससंगको सम्झौता कार्यान्वयन गरी चुनावमा शान्ति कायम गर्न आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचन वहिस्कार गरी बिथोल्ने घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासंग भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

थापाले आज ट्वीट गर्दै चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन विथोल्ने कार्यमा संलग्न रहेको विप्लव नेतृत्वको माओवादीसंग यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

उहाँले तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याएको तर वर्तमान सरकारले सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ ।

थापाले लेख्नुभएको छ- “तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याएको थियो । तर,सरकारसँग भएको सम्झौता गठवन्धन सरकारले कार्यान्वयन नगर्दा सो दल निर्वाचन विथोल्ने कार्यमा क्रियाशील भएको छ । त्यसर्थ, सम्झौता कार्यान्वयन गरी निर्वाचन भयरहित बनाउन सरकारसँग आग्रह गर्दछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.