क्रिकेटखेल

अस्वस्थ म्याक्वेलको असाधारण प्रदर्शन, विश्वकपमा दुर्लभ दोहोरो शतक

अस्ट्रेलियाका सर्वकालीन महान क्रिकेटरमध्येका एक ग्लेन म्याक्सवेलले मंगलबार राति विश्वकप क्रिकेटमा दुर्लभ प्रदर्शन गरे । उनको असाधारण प्रदर्शनकै कारण अस्ट्रेलिया सेमिफाइनलमा पुग्यो ।

चोटका कारण यसअकिा खृल गुमाएकका ३५ वर्षीय म्याक्सवेल स्वस्थ थिएनन् । दौडिएर रहन लिनसक्ने अवस्था पनि उनको थिएन । तर, उनले जस्तो साहस देखाएर त्यो अतुलनीय रह्यो ।

अफागानिस्थानले दिएको २९२ विजयी लक्ष्इ पछ्याउने क्रममा एकपछि अर्को विकेट गुमाएको अस्ट्रेलियाका लागि म्याक्सवेल नै एकमात्र सहारा थिए, तर उनी स्वस्थ थिएनन् । रन लिने बेलामै पटकपट ढलेका थिए ।

शारीरिक पीडाले झन्डैझन्डै रिटायर्ड हुन लागेका उनले असाधारण दोहोरो शतक बनाए । त्यसमै टिकेर अस्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ मा सेमिफाइनल यात्रा मात्र तय गरेको छैन, म्याक्सवेलको त्यो प्रदर्शनलाई एकदिवसीय क्रिकेटकै अहिलेसम्मकै सर्वकालीन महान इनिङ्स भन्दै विश्व क्रिकेटका हस्तीहरुले प्रशंसा गरिरहेका छन् ।

उनले नटआउट रहेर २०१ रन बनाएसंगै अफगानिस्तानविरुद्ध २९२ रनको लक्ष्य सफलतापूर्वक पछ्याउन सक्यो । विश्वकप इतिहासमा यो अहिलेसम्मकै तेस्रो दोहोरो शतक मात्रै हो । अझ लक्ष्य पछ्याउने क्रममा बनाइएको पहिलो दोहोरो शतक ।

२९२ रनको लक्ष्य पछ्यााएको अस्ट्रेलिया नाटकीय पतनको सिकार बन्दै सात विकेट गुमाएर ९७ रनको असाध्यै खराब स्थितिमा थियो । यसमा भगवान बनेर मैदानमा आएका म्याक्सवेललले साँच्चै नै चमत्कार गरिदिए ।

म्याक्सवेलले आठौं विकेटका लागि आफ्ना कप्तान प्याट कमिन्ससँग २०२ रनको कीर्तिमान साझेदारी पनि गरे । त्यसमा कमिन्सको योगदान जम्मा १२ रन थियो । म्याक्सवेलले सिधा उभिएर चौका र छक्काको वर्षा गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.