राजनीति

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन

नेपाल वार एसेसिएशन, सर्वोच्चका न्यायाधीश लगायतले राजीनामा माग गरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा मंगलबार प्रदर्शन भएको छ ।

नेपाल बार प्रधानन्यायाधीशबिरुद्ध आन्दोलन गरिरहेका बेला केही समूह न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।

तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए ।

यसबीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दीप्रत्यक्षीकरण बाहेक आफूसहित १० वटा इजलास तोक्नुभएको छ ।

उहाँले आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई ९ वटा संयुक्त इजलास तोक्नुभएको छ । सोमबार प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोक्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.