जन सरोकार

जीर्ण अवस्थामा रहेको एघारौँ शताब्दीमा बनेको गुम्बा मर्मत

हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा एघारौँ शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत कार्य पूरा भएको छ । जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन वर्ष लगाएर मर्मत पूरा भएको हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्बाको मर्मत पूरा भएको जानकारी दिनुभयो । गुम्बा मर्मत गर्न पुरातत्व विभाग, प्रदेश सरकार र गाउँपालिकाको झण्डै रु एक करोड खर्च भएको उहाँले बताउनुभयो ।

बहुमूल्य मूर्ति भएको गुम्बा मर्मतपछि पुरानै स्वरुपमा परिणत भएको वडाध्यक्ष तामाङले बताउनुभयो । गुम्बाको केही पुरानो भागलाई मर्मत गरिएको छ भने केही नयाँ संरचनासमेत तयार पारिएको छ । गुम्बा रहेको क्षेत्रमा अतिथिगृह पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.