जन सरोकार

कम्मरमा लुकाई ल्याएको एक केजी ९५० ग्राम चाँदीसहित एक जना किशोर पक्राउ

कम्मरमा लुकाई ल्याएको करिब १ केजी ९ सय ५० ग्राम चाँदी लगायतका विभिन्न सामानसहित भारत सितामढी बसतपुर ग्राम पंचायत-७ बस्ने १९ वर्षीय लभ दासलाई सर्लाही, मलंगवा नगरपालिका-८ लचकाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट चाँदीको सिक्का २० थान, हनुमानी १ थान, औंठी ८ थान, पायल-४ जोर, ब्रासलेट १ जोर, प्लेट २ थान, गणेश र लक्ष्मीको मूर्ती ११ थान, सिक्री ३७ थान गरी उक्त तौलको चाँदीका सामान बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.