प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथाा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताउनुभएको छ ।
शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल)को नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा अध्यक्ष प्रचण्डले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताउनुयो ।
उहाँले मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको दावी गर्दै मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको पनि बताउनुभयो ।
सम्बोधनका क्रममा उहाँले कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको बताउँदै अब नागरिकसँग माफी मागेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्