विश्व समाचार

राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिए भने भीडले “भगवानले राजालाई बचाऊन् नारा लगाएको थियो ।

राजा चाल्र्स नाराबाजीबाट प्रभावित हुनभएन बरू उहाँ ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहनुभयो । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा हुनुहुन्थ्यो ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो ।

उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ ।

सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.