कला/मनोरन्जनकलिउड

विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ ।

गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसक्नुभएको छ । उहाँले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।

उहाँलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो ।

साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई नेपालमा सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

त्यसैगरी गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापाले आफूहरूको उद्देश्य गीत रचनालाई प्रेरणा दिनु रहेको भन्दै सर्वाधिक गीत लेखनमा विश्वमै परिचित समीरको अभिनन्दन नेपाली कलाकारहरुका लागि पनि गौरवको विषय हो भन्नुभयो ।

गीतकार समीरले रचना गर्नुभएका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.