सूचना/प्रविधि

डा.पन्त ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा चयन

नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट चयन हुनुभएको छ ।

आजीवन सदस्यसरहका हैसियतले प्रा डा पन्तले अन्तर्राष्ट्रिस्तरको सो संस्थाको प्राज्ञिकसभामा प्रतिनिधित्व गरी चुन्ने र चुनिने अवसर पाउनुहुने भएको छ । सो संस्थामा हाल करिब एक हजार चार सय प्राज्ञ सदस्य रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्रा डा पन्तले आफ्नो क्षेत्रमा गर्नुभएका प्रकाशन र अध्ययन–अनुसन्धानसमेतको मूल्याङ्कनका आधारमा अल्पविकसित देशका तर्फबाट प्राज्ञका रूपमा उहाँ चयन हुनुभएको हो ।

पन्त नेपाल प्राध्यापक सङ्घ, पुल्चोक क्याम्पस एकाइको सभापति पनि हुनुहुन्छ । यसअघि नेपालबाट प्रा डा दयानन्द बज्राचार्य, प्रा डा पिके झा, प्रा डा विशालनाथ उप्रेती र प्रा डा विजया पन्त ट्वासको प्राज्ञमा चुनिइसक्नुभएको छ ।

प्रा डा पन्तले नेपालको तर्फबाट प्राप्त यस किसिमको महत्वपूर्ण जिम्मेवारीले विज्ञान–प्रविधि क्षेत्रको विकास र प्रोत्साहनमा सहयोग पुग्ने बताउनुभयो ।

इटलीमा मुख्यालय रहेको उक्त संस्था सन् १९८३ मा विज्ञान र इञ्जिनियरिङ क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने लक्ष्यका साथ विकसित मुलुकका तर्फबाट पाकिस्तानका भौतिकशास्त्री नोबेल पुरस्कार विजेता अब्दुस सलमको नेतृत्वमा स्थापित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.