मानव तस्करीका आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
मानव तस्करीको गम्भीर आरोप लागेका नेकपा एमालेबाट कोशी प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा अदालतबाट अनुमति लिएर पक्राउ उहाँलाई पक्राउ गरिएको र काठमाडौं पठाउने तयारी रहेको छ ।
काठमाडौंबाट खटिएको प्रहरी टोली र मोरङ प्रहरी उपरीक्षक नारायण चिमौरियाको नेतृत्वमा पक्राउ गरिएको र काठमाडौं पठाउन लागिएको छ ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीले मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएको र उहाँसंगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उहाँलाई विमानस्थलबाटै फर्काइदिएको थियो ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो भने शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।
यस घटनामा प्रहरीले अधिकारीसँगै जापान पुगेर फर्किएका तीनजना र नक्कली कागजपत्र बनाउन सहयोग गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्