राजनीति
रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
सहकारी ठगी लगायतका अभियोगमा कास्की कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्ने अनुमति दिइएको छ ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिनुभएका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्