जन सरोकार

काठमाडौं र पर्साबाट नक्कली जस्तो देखिने नोटसहित तीन जना पक्राउ

नक्कली जस्तो देखिने नोट सहित काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौं महानगरपालिका-९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली जस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी पर्सा वीरगंज महानगरपालिका-८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली जस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगंज महानगरपालिका-३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल रहेका छन् । घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रूपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको प्र.२-०३-००१ प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.