क्रिकेटखेल

एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको सानदार जित, बंगलादेश आठ विकेटले पराजित 

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले सातौं जित निकालेको छ । शनिबार भएको खेलमा बंगलादेशमाथि आठ विकेटको सानदार जित निकाल्दै अस्ट्रेलियाले प्रतियोगितामा सातौं जित निकालेको हो ।

अस्ट्रेलियाको सानदार जित

पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको थियो । बंगलादेशका लागि तोविद हृदयले ७९ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ७४ रनको अर्धशतकीय पारी खेले भने कप्तान नज्मुल हुसेन सान्तोले ४५ रन बनाए ।

त्यस्तै तान्जिद हसन र लिटोन दासले समान ३६-३६ रन जोड्दा महमुदुल्लाहले ३२, मेहदी हसन मिराजले २९ र मुस्फिकर रहिमले २१ रन बनाए । अस्ट्रेलियाका लागि सेन एबोट र एडम जाम्पाले समान दुई तथा मार्कुश स्टोइनिसले एक विकेट लिए । बंगलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले १ सय ३१ बलमा १७ चौका र नौ छक्काको मद्दतना अविजित रहँदै १ सय ७७ रनको शतकीय पारी भने स्टिभ स्मिथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले  । यस्तै डेविड वार्नरले पनि ५३ रनको अर्धशतकीय इनिङ्ग खेल्दा ट्राविस हेडले १० रन जोडे । बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान १-१ विकेट लिए ।

जितसंगै अस्ट्रेलिया ९ खेलमा सात जित र २ हारसहित १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा २ जित र सात हारसहित चार अंक जोडेको बंगलादेश आठौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.