कर्पोरेट/पर्यटन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माण धमाधम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को स्तरोन्नतिको क्रममा धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे निर्माणको काम धमाधम भइरहेको विमानस्थलले जनाएको छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल विस्तारको काम भइरहेको छ ।
प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काठमाडौँ विमानस्थलको मर्मत र विस्तारको काम सुरु गरेको थियो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्