क्रिकेटखेल

एनपिएल : महानायक राजेश हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बास्डर

नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सहभागी टोलीमध्ये लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई आफनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि लुम्बिनी लायन्सले चलचित्र क्षेत्रका महानायक हमाललाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो ।

लुम्बिनी लाइन्सद्वारा सोमबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र महानायक हमालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता एक वर्षको लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष जीसीले जानकरी दिनुभयो ।

सम्झौतासँगै हमालले एम्बास्डर को जिम्मेवारीलाई टिमसँग भावनात्मकरूपमा जोडिएको बताउँदै नेपालले क्रिकेट खेल्न थालेपछि आफू पनि क्रिकेट खेलमा आकर्षित भएको बताउनुभयो । लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बास्डर हुनुभएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताउनुभयो ।

लुम्बिनी लायन्स टिम रोहितकुमार पौडेल, अभिषेश गौतम, सन्दीप जोरा, आसुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द रहेका छन् ।

काठमाडौँमै आयोजना हुने उक्त एनपीएलमा लुम्बिनी लायन्ससँगै काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.