क्रिकेटखेल

पूजाको अलराउन्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको शानदार जित

कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध शानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टी-२० विश्वकप एसिया छनोट

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतको शान्दत शतकमा निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको हो ।

नेपालको लागि कप्तान पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतमा अविजित रहँदै १३० रनको शतकीय पारी खेलिन् भने सोनी पाख्रिनले ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । यी दुईले तेस्रो विकेटका लागि ८४ बलमा अविजित रहँदै १५७ रनको शतकीय साझेदारी गरे ।

त्यस्तै सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए । कुवेतको लागि जिफा जिलानी र रेलिन मारिया डी सोउजाले समान १-१ विकेट लिए । २१४ रन्को विशाल लक्ष्य लिएर मैदान उत्रेको कुवेत १३ ओभरमा ४८ रनमै समेटियो । युएईका लागि जिफा जिलानी ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि पूजा महतोले पाँच विकेट लिइन् भने रचनाकुमारी चौधरी र सीमा केसीले समान १-१ विकेट लिए । नेपाल ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ । नेपालले थाइल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो भने कुवेतलाई १०८ रनको विशाल अन्तरले पराजित गरेको थियो । यता घरेलु टोली युएईले भने नेपाललाई १३ रनले हराएको थियो ।

छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्ससहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.