जन सरोकार

आगलागी हुँदा घरमा सुतिरहेका आमा-छोराको मृत्यु

आगलागीमा जलेर आमा-छोराको मृत्यु भएको छ । गोरखा, धार्चे गाउँपालिका-१ हुल्चोक बस्ने ७५ वर्षीया कान्छी गुरूङ र उनकै छोरा ३९ वर्षीय चन्द्रसिहं गुरूङको आगलागीमा जलेर शनिबार राति मृत्यु भएको हो ।

कान्छी गुरूङको ढुङगा माटोको गारो एवम् जस्ताको छानो भएको एकतले घरमा आगलागी हुँदा घरमा सुतिरहेका दुवै जनाको जलेर मृत्यु भएको बताइएको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.