सूचना/प्रविधि
इन्टरनेट सेवाप्रदायकलाई टिकटक बन्द गर्न प्राधिकरणको निर्देशन
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न मुलुकका सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिनुभयो ।
इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्