राजनीति

अधिकारीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

नेपाली नागरिकलाई अवैध रुपमा जापान पठाउने गिरोहसँग संलग्नताको आरोपमा पक्राउ पर्नुभएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि सात दिनको म्याद थप गरेको छ ।

प्रहरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई मंगलबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको हो ।

यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याइएको थियो ।

उहाँसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.