नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न बालेनको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको हो ।
प्रमुख साहले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिनुभयो ।
उहाँले प्रधानमन्त्री पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ भन्दै आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ । अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ ।’’
प्रतिक्रिया राख्नुहोस्