जन सरोकार

आगलागीबाट गम्भीर घाइते भएकाको नेपाली सेनाद्वारा हवाई उद्धार

नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । गत आइतबार भएको आगलागी निभाउन जाने क्रममा गम्भीर घाइते भएर उपचार गराइरहेकाहरुलाई थप उपचारका लागि सेनाले काठमाडौं ल्याएको हो ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारण घाइते भएका थिए ।

घाइतेमध्ये २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.