काइँला र अमात्यलाई शम्भु-निर्मला विशिष्ट साधक सम्मान
यस वर्ष (२०८१)सालको ‘शम्भु-निर्मला विशिष्ट साधक सम्मानु (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र शम्भु-निर्मला विशिष्ट साधक सम्मान (गीत सङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई अर्पण गरिएको छ ।
कार्तिक २६ गते सोमबार सूचना विभाग, सञ्चारग्राममा स्रष्टा तथा वरिष्ठ गायक कीर्तिशेष शम्भुकुमार मिलनको चौथो वार्षिक स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा मिलनको तस्वीरमा माल्यार्पण गर्दै पानसमा दियो बालेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सम्मानित व्यक्तित्व वैरागी काइँलाले आफ्नो मन्तव्यका क्रममा मिलन सहित वहाँका साहित्यिक र सांगितिक दुई बृहत क्षेत्रलाई अमरत्व दिन शम्भु-निर्मला कला साहित्य समाज अझै सकृय रहन शुभकामना ब्यक्त गर्नुभयो।
सस्थाका उपाध्यक्ष टीका भण्डारीले मिलनको गजल ‘पथ्थरको मुटु बनाई तिमी अन्तै सरेपछि’ तथा सम्मानित साङ्गीतिक ब्यक्तित्व ईश्वर अमात्यले ‘रित्तिएछन् नयन मेरा’ गाएर सुनाउनु भएको थियो ।
सस्थाका संरक्षक श्रीमती निर्मला रेग्मीले आआफ्ना क्षेत्रका शिखर ब्यक्तित्वहरुले यो सम्मान् ग्रहण गरिदिनु भएकामा सस्थाको उचाइ अझ बढेको बताउँदै सस्थालाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताउँदै सस्थाका सदस्य, सुभेच्छुक, साहित्य, संगीतलाई माया गर्ने सवैबाट निरन्तर सहयोग पाउने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि तथा प्रमुख वक्ता प्रा. जगतप्रसाद उपाध्यायले सम्मानितबारे प्रकाश पार्नु भएको थियो भने डा. विष्णुविभु घिमिरे, मिलन पुत्र शैलेश रेग्मी, संस्थाका कोषाध्यक्ष सृजना रेग्मी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो
समारोहका सभापति देवी नेपालले असल प्रतिभाको पहिचान गरेर शम्भुकुमार मिलनलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याउने साहित्य साधक वैरागी काइँलालाई यसरी सम्मानित गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
राष्ट्रिय गान तथा बलराम सिग्देलबाट स्वस्तिक वाचन समेत गरिएको उक्त कार्यक्रमको सन्चालन सचिव कृष्ण पाण्डेबाट भएको थियो ।
समारोहमा विशिष्ट अतिथिहरू प्रा. दिनेशराज पन्त, सुलोचना मानन्धर, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. भागवत ढकाल, प्रा. मोहन सिटौला, डा. घनश्याम खतिवडा, प्रा. ठाकुर शर्मा, प्रतीक ढकाल, वाग्मती प्रदेश साम्सद मानानीय सुनिल के सी सहित श्रीहरी फुयाल, राधेश्याम लेकाली, सन्द्या पहाडी, सुरेन उप्रेती, डा. टंकप्रसाद बाराकोटी, भरतजङ उप्रेती, रत्ननिधी रेग्मी, गीता कार्की लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्