परराष्ट्रमन्त्री डा. राणालाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन निर्देशन
नेपाली कांग्रेसले परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतका लागि फूलमालासहित उपस्थित हुन पार्टी कार्यकर्तालाई आज्ञा जारी गरेको छ ।
कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहनुभकी मन्त्री राणा शुक्रबार डडेलधुरा जाने कार्यक्रम रहेकाले नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर स्वागतमा उपस्थित हुन निर्देशन दिनुभएको हो ।
शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउदले एक विज्ञप्तिमार्फत् निर्देशन दिनुभएको हो ।
विज्ञप्तिमा मन्त्री राणाको स्वागतका लागि ‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
विज्ञप्तिमा उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि आव्हान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्