क्रिकेटखेल

कर्णाली याक्सको चौथो विदेशी खेलाडीका रुपमा शिखर धवन अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले चौथो विदेशी खेलाडीको रुपमा भारतीय खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।

भारतीय राष्ट्रिय टोलीबाट तीनै फर्म्याटको क्रिकेट खेलिसक्नुभएका धवनलाई अनुबन्धन गर्ने सम्झौतामा कर्णालीका मालिक झनक दत्त खनाल र धवनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह मालिक गृहेन्द्र घिमिरेको उपस्थिति रहेको थियो ।

सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताउनुभएको ३८ वर्षीय बायाँ हाते ओपनर धवनले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावा

धवनले एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताउँदै भन्नुभयो, ‘‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु ।’’

धवनलाई टोलीमा अनुबन्ध गरेपछि मालिक खनालले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताउनुभयो । धवनलाई कति रकम तिरिएको छ त्यो भने खुलाइएको छैन ।

धवनले भारतको लागि ३२ टेस्टमा दुई हजार तीन सय १३ रन बनाउनुभएको छ । उहाँले एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाउनुभएको छ ।

यस्तै ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाउनुभएको छ । भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताउनुभयो ।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी हुनुहुन्छ ।

अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे हुनुहुन्छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गनृए लागेको एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.