क्रिकेटखेल

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ

नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो ।

युएईलाई पराजित गर्दै नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार सम्पन्न यु-१९ ट्वान्टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईलाई विकेटले पराजित गर्दै नेपाल यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको हो । युएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८३ रनको बनाएको थियो। युएईका लागि समाइरा धरनिधर्काले ३१ रन बनाइन् भने रिनिथा रजितथले २० रन जोड्दा लाभन्या केनी र इन्दुजा नन्दाकुमारले समान १०-१० रन बनाए ।

यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० का प्रवक्ता छुम्बी लामाले जानकारी गराउनुभयो । उहाँले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताउनुभयो ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.