आम निर्वाचन २०७९

मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्छ : भट्टराई

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्ने बताउँदै सही नीति, विचार र सिद्धान्तलाई टेकेर पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

निर्वाचन प्रचारका क्रममा मंगलबार घरदैलो कार्यक्रम अन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं. ८ र १६ का मतदातासंग उहाँले पोखराको समग्र विकास निर्माणमा पूर्ण प्रतिवद्ध भएर लाग्ने प्रण गर्नुभएको हो ।

पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र खेलकूदको सहरका रुपमा विकास गर्नु अपरिहार्य भएको उल्लेख गर्दै नेत्री भट्टराईले यसका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्यको खाँचो पनि औंल्याउनुभयो ।

एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली अभियान वर्तमानको आवश्यकता भएकोमा जोड दिंदंै उहाँले भन्नुभयो, “प्राकृतिक छटाले भरिपूर्ण पोखरालाई थप आकर्षक भौतिक पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नेछु ।”

पोखराको मध्यभागमा अवस्थित निर्वाचन क्षेत्र नं. २ को विकास निर्माण समग्र पोखराको विकासमा योगदान पुग्ने बताउँदै घरदैलोमा पुगेर मतदातासंग भट्टराईले भन्नुभयो, “अधिकार दिनुहोस समृद्धि र विकासको पुरा गर्दछु ।”

समृद्धिको अभियानलाई सार्थक बनाउन भूमिहिनलाई जग्गाको मालिक बनाउनुको विकल्प नभएको उल्लेख गर्दै उहाँले एमालेले भूमिहिन सुकुम्वासी वस्तिमा आवश्यक भौतिक पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राख्दै आएको स्मरण गराउनुभयो ।

घरदैलो अभियानमा प्रदेश सभामा समानुपातिक उम्मेदवार डा. छममाया पुन र निर्वाचन क्षेत्र नं २ (ख)का उम्मेदवार मिना गुरुङको पनि सहभागिता थियो ।

त्यस क्रममा गुरुङले सुशासनयुक्त समाज निर्माणका लागि मातृशक्तिलाई जिम्मेवार बनाउन मतदातालाई आग्रह गर्दै महिला उद्यमशीलता र युवा स्वरोजगार अभिवृद्धिमा जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कास्की जिल्लाको उत्तरीदेखि दक्षिणी भूभाग समेटिएको ंनिर्वाचन क्षेत्र नं. २ अन्तर्गत पोखराका ४, ७, ८, ९ ११, १५, १६, १७, २०, २१ र ३३ गरी कूल ११ वडा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.