साहित्य

साहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले राससलाई बताउनुभयो ।

स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशकन गर्नुभएको थियो । छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँले राणा शासनदेखि नै बालखुराक पस्कदै आउनुभएको हो ।

साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि भोलि गरिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.