क्रिकेटखेल

एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै

एकदिवसीय विश्वकप २०२३ प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड भिड्दै छन् । मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुने हुनेछ ।

भारत र न्युजिल्यान्ड भिड्दै

घरेलु टोली भारत समूह चरणमा सबै ९ खेल जित्दै १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने न्युजिल्यान्डले भने समूहचरणमा ९ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंक जोड्दै तालिकाको चौथों स्तःना रहँदै अन्तिम चारमा पुगेको हो ।

हेड-टू-हेडमा हर्ने हो भने एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको इतिहास राम्रो छ । प्रतियोगितामा यी दुईबीच १० वटा खेल भएका छन् । जसमा ५ मा न्युजिल्यान्ड विजयी हुँदा ४ पटक भारतले जित निकालेको छ भने एक खेल वर्षाका कारण अनिर्णित भएको छ ।

जारी विश्वकपको २१ औं लिग यी दुई टोलीबीच धर्मशालामा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो । यी दुई टोलीले हालसम्म कुल ११७ ओडीआई खेलेका छन् । जसमा भारतले ५९ खेल जित्दा न्युजिल्यान्डले ५० खेल जितेको छ भने ७ खेल अनिर्णित रहँदा एक खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.