नेपालीभाषी भुटानीको पीडा दर्शाउने वृत्तचित्र ‘कुन हो मेरो देश’
भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।
क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित ग¥यो भन्ने रहस्य क्याप्टेन सुब्बा र उहाँका परिवारजनले यस वृत्तचित्रमार्फत् खोतलेका छन् ।
‘फ्याम्ली प्रोडक्शन’ को निर्माणमा तयार पारिएको यो वृत्तचित्र नेपाली भाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एक पटक हेर्नुपर्ने किसिमको छ ।
बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवं सञ्चारकर्मी रविन शर्माको प्रस्तुति रहेको छ । कमल राईको छायाङ्कन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो ।
‘असल टिभी नामक युट्युब’ च्यानलमार्फत् वृत्तचित्र सार्वजनिक गरिएको छ । वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा सार्वजनिक गरिएको जनाइएको छ ।
<iframe width=”681″ height=”383″ src=”https://www.youtube.com/embed/74H7jwQoW6Q” title=”Kun Ho Mero Desh/ Documentary/Official Trailer 2022″ frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>
प्रतिक्रिया राख्नुहोस्