यो सरकार तलमाथी भए माओवादीकै नेतृत्वमा सरकार बन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको तेस्रो ठूलो र प्रमुख प्रतिपक्षी दल भएका नाताले यो सरकारपछि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
शनिबार माओवादीको काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले प्रमुख विपक्षी दल रहेकाले यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने बताउनुभएको हो ।
सम्बोधनका क्रममा उहाँले विगत सम्झँदै भन्नुभयो, “यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरु उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला ! तर, अहिले पनि हाम्रो संख्या म्याजिक नै छ ।”
उहाँले अगाडि भन्नुभयो, हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको ‘गभरमेन्ट इन वेटिङ’ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।
प्रतिक्रिया राख्नुहोस्