क्रिकेटखेल

अस्ट्रेलिया एकदिवसीय विश्वकपको फाइनलमा, उपाधिको लागि भारतसँग खेल्ने 

दक्षिण अफ्रिका ३ विकेटले पराजित     

दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया आईसिसी एकदिवसीय विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो ।

अस्ट्रेलिया एकदिवसीय विश्वकपको फाइनलमा

कोलकत्ताको इडेन गार्डेनमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा अलआउट हुँदै दुई सय १२ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाको लागि डेभिड मिलरले एक सय १६ बलमा आठ चौका र पाँच छक्कासहित एक सय १ रनको शतकीय पारी खेले भने हेनरीच क्लासेनले ४८ बलमा ४७ रन बनाए । खराब सुरुवात गरेको दक्षिण अफ्रिकाको पारी यी दुईले पाँचौं विकेटको लागि ९५ रनको साझेदारी गर्दै उकासेका थिए । दक्षिण अफ्रिका ११.५ ओभरमा २४–४ को अवस्थामा थियो ।

अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले तीन विकेट लिए भने जस हैजलवूड र ट्राभिस हेडको भागमा समान दुई विकेट रह्यो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको दुई सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।

अस्ट्रेलियाको लागि ओपनर ट्राभिस हेडले ४८ बलमा ९ चौका र २ छक्का ६२ रनको अर्धशतकीय पारी खेले भने स्टेभन स्मिथले ३०, डेविड वार्नरले २९ र जस इङ्लिसले २८ रन बनाए । यस्तै मिचेल स्टार्क १६ र प्याट कमिन्स १४ रनमा अविजित रहे । दक्षिण अफ्रिकाको लागि गेराल्ड कोट्जे र तब्राइज शाम्सीले समान दुई विकेट लिए भने कागीसो रबाडा, केशव महाराज र एदें मार्क्रमको भागमा समान एक विकेट रह्यो ।

जितसँगै अस्ट्रेलिया एकदिवसीय विश्वकपमा आठौं पटक फाइनल प्रवेश गर्न सफल भयो भने पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा रहेको दक्षिण अफ्रिका पुन: एकपटक अभागि सावित हुँदै पाँचौं पटक सेमिफाइनलबाटै घर फर्कियो । अब अस्ट्रेलियाले उपाधिको लागि आइतबार घरेलु टोली भारतसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा स्थान बनाइसकेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.