गरिबी र दुःखहरूलाई मैले पनि…
गरिबी र दुःखहरूलाई मैले पनि नजिकबाट देखेको छु
श्रमिकको व्यथा र तिर्नुपर्ने चर्को व्याजले मन दुखाएको छु ।
मजदुरी गर्न बिदेशिनु पर्ने साहुको लाइन घरसम्मै आइपुग्छ
खान नपुगेर बजारबाट चामल, पीठो लिएर खानुपर्छ
गरिबी घटेको छैन आत्मनिर्भरता बढेको छैन
साहुको ऋण पनि घटेको छैन
गरिबको पीडा गरिबले मात्रै बुझ्छ
कतै औषधी नपाएर गरिब मर्छ
पैसा कमाउन बिदेसिएको गहिरो कारुणिक कथाहरू सुनाउँछ
गरिबी, भोकमरी, अभाव, प्रभाव, दबाब अनि रोदन समेटेको छ
जागौँ उत्तम सोचले मगजले, माया गरौँ देशको
भोक, शोक र रोगले परलोक हुनेका जिन्दगीको व्यथा हो यो
गरिबी,दुख,अभावलाई सँगसँगै लिएर जन्मिएछु
कसरी देशबाट गरिबी हटाउने सबैले सोच्नु ।
गरिबी र दुःखहरूलाई मैले पनि नजिकबाट हेर्नुपर्छ
श्रमिकको व्यथा र तिर्नुपर्ने चर्को व्याजले मन दुखाउँछ
गरिबको ऋण मिनाहा गर्ने योजना बनाउनुपर्छ
गरिबको पिडा,आशु र रोदन हामीले रोक्नुपर्छ ।
(दिपायल सिलगढी न.पा. २ दिपायल डोटी)
प्रतिक्रिया राख्नुहोस्