क्रिकेटखेल

काठमान्डु गुर्खाजको जर्सी सार्वजनिक, क्रिकेट एम्बासडरमा इन्दु बर्मा

नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले आफ्नो जर्सी सार्वजनिक गरेको छ । यसै गरी गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ ।

मंसिर २ गते काठमान्डु गुर्खाजले ‘मार्की’ खेलाडी करण केसी, टिम प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माबाट जर्सी सार्वजनिक गरिएको हो ।

समारोहमा कप्तान करणले एनपिएलले नेपाली खेलकुदमा ठूलो स्थान बनाइरहेको जनाउँदै खेलाडीलाई आर्थिक र एक्सपोजरका रूपमा यो ठूलो अवसर भएको मार्की खेलाडीका रूपमा नयाँ अध्याय सुरु गर्न आफू तयार रहेको बताउनुभयो ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका अध्यक्ष उपेन्द्र महतोले एनपिएलका कारण उत्साह बढेको जनाउँदै यसमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका प्रवर्द्धक कैलाश सिरोहिया र अरुण सरार्फले काठमान्डु गुर्खाजमार्फत एनपीएलले ठूलो फड्को मार्ने आशा लिएको जनाए ।

काठमान्डु गुर्खाजले अक्सनबाट शाहव आलम, भीम सार्की, रसिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो ।

यसै गरी विदेशी खेलाडीका रूपमा यसअघि नै नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ । शनिबार भएको ट्यालेन्ट हन्टबाट काठमान्डु गुर्खाजले क्रिस कार्कीलाई आइकोनिक खेलाडीका रूपमा लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.