बिशेषराजनीति

सहकारी प्रकरण : रविबिरुद्ध काठमाडौंमा पनि पक्राउ पूर्जी

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।

रवि लामिछाने

काठमाडौं जिल्ला अदालतले गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा यसअघि कुमार रम्तेललाई पक्राउपूर्ज जारी गरेको थियो भने आइतबार रवि र छवीलाला जोशीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

पक्राउ पूर्जी जारी भएपछि अनुसन्धानका लागि रम्तेललाई शनिबार नै पोखराबाट काठमाडौं झिकाइएको हो । उनको बयान अन्तिम चरणमा पुगेका आज वा भोलि नै पोखरा फिर्ता गराउने तयारी गरिएको समाचार छ ।

रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने जिल्ला प्रहरी परिसर काठमाडौैं स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारी ठगी प्रकरणमा ६ सय ५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.