नोभेम्बर २० मा नेपाल फेस्टिवलका लागि बुकिङ भएका स्टलहरु वितरण
यही नोभेम्बर ३० र डिसेम्बर १, २०२४ मा जापानको राजधानी टोकियोमा आयोजना हुने १४ औं नेपाल फेस्टिवलका लागि बुकिङ भएका स्टलहरु गोलाप्रथाद्वारा प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले एक विज्ञप्ति जारी गरी यही नोभेम्बर २० तारिख दिउँसो ४ बजे एनआरएनएको कार्यालयमा बुकिङ भएका स्टलहरु गोलाप्रथाद्वारा खुला गरिने जनाएको हो ।
एनआरएनएले स्टलहरुको लाइभ गोलाप्रथाद्वारा स्थान निर्धारण गरिने भएकाले स्टल बुकिङकर्ता सबै सो समारोहमा उपस्थिति हुन अनुरोध गरेको छ ।
एनआरएनए जापानको कार्यालय सिन ओकुबोमा हुने स्टल वितरण समारोहमा बुकिङ गरेर सो दिन गोलाप्रथा कार्यक्रममा उपस्थित हुन नसक्ने व्यक्तिहरुले अग्रिम जानकारी गराउन अनुरोध गर्दै त्यस्ता स्टलहरुको संस्थाद्वारा नै आवश्यक सहयोग गरिने बताइएको छ ।
एनआरएनए जापान, जापानका लागि नेपाली दूताबास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा राजधानी टोकियोस्थित नाकानो सिकिनोमोरी पार्कमा दुई दिवसीय नेपाल फेस्टिवल आयोजना हुँदैछ ।
जापानमा नेपाल र नेपालीको पहिचान, नेपालको पर्यटन प्रबद्र्धनका साथै नेपाली कला, संस्कृति, परम्पराको निरन्तरता दिन विगत १३ वर्षदेखि नेपाल फेस्टिवल आयोजना हुँदैआएको छ ।
प्रतिक्रिया राख्नुहोस्