जन सरोकार

तिहारमा नबिकेका फूल औषधि निर्माणमा उपयोग हुने

तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल विभिन्न रोगको रोकथामका लागि पनि अति महत्वपूर्ण रहेकाले फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिइएको छ ।

कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी चूर्णमा प्रयोग गरिन्छ ।

प्राप्त फूलहरु आयुर्वेदिक औषधी बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने निःशुल्क गुर्जोे अभियानका अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो ।

आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडिबुटीबाट बनाइने औषधी निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहनुभएका अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।

पाँच हजार किलोग्राम निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा स्वयंसेवकहरु शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु सुरेन्द्र रिमाल तथा किशोर श्रेष्ठ खटिनुभएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.