जन सरोकार
सप्तरीमा सत्र क्विन्टल गाँजासहित एकजना पक्राउ
सप्तरीमा ठूलो मात्रामा गाँजा बरामद भएको छ । प्रहरीले जिल्लाको राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किलो गाँजासहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् ।
निजलाई मंगलबार अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।
प्रतिक्रिया राख्नुहोस्