जापान

प्रवासी नेपाली मञ्च तोहोकुमा नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटीको दोस्रो अधिवेशन अनिल गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

तोहोकु क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा यही नोभेम्बर १७ मा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य भक्त गुरूङ, पुर्वी एशिया महादेशिय ईन्चार्ज संजय थापा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अनिल गिरी, उपाध्यक्ष सुरेश रावल, सचिव कपिल दत्त भट्ट, उपसचिव नवराज चौलागाई, अप्सरा कुँवर र सदस्यहरूमा राम गिरी, गगन सापकोटा, राजेन्द्र मिश्र, अमृता अर्याल, अनिल गौतम, अनिष सापकोटा, अनुज गोदार, बिकाश मिश्र रहनुभएको छ ।

मञ्चको नयाँ कार्यसमितिले नेपालीहरूका समस्या समाधान गर्न, उनीहरूको हकहितका लागि काम गर्न र नेपाली समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.