एन आर एन न्युज

एनआरएनए यूके अब शेष घलेको एनआरएनसंग आवद्ध

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले डा. शेष घले संरक्षक रहेको एनआरएनएमा आबद्ध रहने निर्णय गर्दै भावी कार्यक्रम र प्राथमिकता सार्वजनिक गरेको छ ।

गत शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको हो ।

मगरले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक रहेको एनआरएनएसंग आवद्ध हुने, च्यारिटी डिनर गर्ने लगायत जानकारी दिंदै ७० हजार पाउण्ड व्यक्तिका नाममा ट्रान्सफर र एनआरएनए यूकेको आर्थिक घोटालासम्बन्धि मुद्दा खारेज भएको सम्बन्धमा उठेका जिज्ञासाबारे समेत स्पष्टिकरण दिनुभयो ।

संस्थापन एनआरएनएभित्रको फुट, त्यसका भ्रष्ट र विकृत पदाधिकारी, खस्कँदो शाख, संस्था सञ्चालनमा एकलौटी तथा संघलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने क्रम बढेपछि एनआरएनए यूकेले डा. घलेको प्रमुख संरक्षकत्वमा हुर्किरहेको एनआरएनएमा आवद्ध हुने निर्णय गरेको बताइएको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ,”उक्त संस्थाले हाम्रो वंशजको नेपाली नागरिकता निरन्तरता एजेण्डालाई प्रमुख मुद्दा बनाएर बढ्ने भएकाले हामी उहांहरुसंग सहकार्य र आवद्ध हुने निष्कर्षमा पुगेका हौं ।”

अध्यक्ष गाहामगरले बेलायतमा पढ्न आएकी २१ वर्षीया सदीक्षा तामाङको निधनपछि उनको अन्त्येष्टीका लागि उठाइएको १० हजार ५४५ पाउन्ड ३६ पेन्स (करिब १७ लाख रुपैयां) चन्दा उपाध्यक्ष (वर्खास्त) सुनिलबाबु खड्काले कब्जा गरेको आरोप समेत लगाउनुभयो ।

ुगत ७ जुलाईमा संकलित चन्दा सार्वजनिक गरेपछि सुनिलबाबु खड्काले ुत्यो पैसा हाम्रो होु भनेर बैंकलाई निवेदन दिए । अहिले एचएसबीसी बैंकले विवादका कारण खाता ‘सस्पेन्ड’ गरिदिएको छ ।

गाहामगरले भन्नुभभयो, “मैले बैंकलाई १४ पटक इमेल गरे पनि पीडितको हातमा सहयोग पुगेको छैन् । एकजना दिवंगत मान्छेको नाममा पीडितलाई उठाइएको चन्दा पनि जानीजानी रोकिदिएर सुनिलले ठूलो पाप गरे । अब हामी कानूनी उपचार खोज्नुबाहेक विकल्प रहेन ।”

गत ४ अगष्ट २०२१ मा नयाँ कार्यसमिति निर्वाचित भएपछि च्यारिटीको ट्रष्टी अध्यक्ष प्रेम गाहामगर थिए । तर, सुनिलबाबु खड्काले नक्कली कागजात पेश गरि च्यारिटी कमिसनमा आफ्नो नाम ट्रष्टी चिअरमेन बनाइ आफूलाई च्यारिटीको ट्रष्टी अध्यक्ष र महासचिव नम्रता घले गुरुङलाई ट्रष्टीबाट हटाएपछि बैंकले खाता निलम्बन गरेको गाहामगरको भनाइ छ ।

अध्यक्ष गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैंका लागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० संशोधन हुनुपर्छ भनेर एनआरएनए यूकेले अभियान थालिसकेको र यसलाई थप सशक्त बनाउने र आन्दोलन लन्डनस्थित नेपाली दूतावासबाट शुरु गर्ने बताउनुभयो ।

विज्ञप्ति

_ एनआरएनए यूकेको प्रेस विज्ञप्ति 18 November 2023 .docx (2)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.