जन सरोकार

जोशीको अवस्था अझै अज्ञात, खोजीकार्य जारी

इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।

दक्षिणी इजरायलको किबुज–अलमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको दूतावासले आज (सोमबार) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा दूतावासले इजरायली डिफेन्स फोर्सलाई उद्रीत गर्दै हमासले विपिन जोशीलाई बन्धक बनाएर गाँजा क्षेत्रतर्फ लगेको जानकारी दिएका हो।मङ्सिर ४ गते बिहान विज्ञप्ति जारी गर्दै दूतावासले आइडिएफका प्रवक्ताले दूतावासका प्रवक्तालाई उक्त जानकारी दिएको जनाएको छ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी पनि दिएको छ। विपिनका परिवारले सरकार समक्ष उनको खोजीका लागि बारम्बार आग्रह गर्दै आएको छ।

विपिनको अवस्थाबारे इजरायल मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको र इजरायली डिफेन्स फोर्सले इजरायलस्थित नेपाली दूतावासलाई विपिन गाँजा क्षेत्रमा सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.