जापान

यी हुन् जापानमा छात्रवृत्ति पाउने भाग्यमानी नेपाली विद्यार्थी

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दैआएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) जापानले यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नाम सार्वजनिक गरेको छ ।

एनआरएनए जापाको समन्वय र जापानस्थित अन्तर्राष्ट्रिय मानव संसाधन विनिमय सहयोग संगठन (सार्वजनिक हित समावेशी फाउन्डेसन) 公益財団法人国際人材交流支援機構 (आईएचएनओ)सँगको सहकार्यमा छात्रवृत्ति प्रदान हुँदैआएको छ ।

जापानमा भाषा, सेन्मोन तथा दाईगाक्को अध्यनरत नेपाली विद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजारसम्म जापानी येन प्राप्त गर्ने गरी छनोट गरिएको हो ।

आइतबार आवेदन प्राप्त २ सय ४३ विद्यार्थीबाट गोलाप्रथामार्फत ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको एनआरएनए जापानले सार्वजनिक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

विज्ञप्तिमा एनआरएनए जापान र आईएचएनओ द्वरा निर्धारण गरिएका योग्यता र मापदण्डमा आधारित रही संकलित आवेदनका आधारमा एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य क्षेत्रीय समितिका पदाधिकारी सदस्य र आईएचएनओ प्रतिनिधिको भौतिक तथा भर्चुअल रुपमा उपस्थितिमा विद्यार्थीहरुलाई छनोट गरिएको बताइएको छ ।

छात्रवृत्तिको प्रकार र प्राप्त गर्ने विद्यार्थीहरुको सूची

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.