जन सरोकार

करिब १४ लाख रुपैयाँ बराबरको सुनजस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.