आम निर्वाचन २०७९
कांग्रेसले खोल्यो प्रतिनिधिसभामा खाता, लामछानेको पार्टी ४ स्थानमा अगाडि
सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा विजयको खाता खोलेको छ । सोमबार विहान अन्तिम मतगणनापछि मुस्ताङ नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको हो ।
थकालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहनुभएको छ । मतको अन्तिम परिणाम आउन बाँकी छ ।
यसै गरी अहिलेसम्म भैरहेका मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमाले ६ क्षेत्रमा अगाडि छ भने नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी ४ र नेपाली कांग्रेस एक विजय सहित २ क्षेत्रमा अगाडि छ ।
प्रतिक्रिया राख्नुहोस्