आम निर्वाचन २०७९

काठमाडौं १ मा प्रकाशमानको अग्रता, दोस्रोमा मिश्र, खरेल पाँचौं स्थानमा

मुलुकको राजधानीको सबभन्दा महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र नंं १ मा मतगणना जारी रहेको छ । पछिल्लो समाचार अनुसार अहिलेसम्म नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिनुभएको छ ।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्र दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो तथा नेकपा एमालेका किरण पौडेल चौथो स्थानमा हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार सिंहले ८९८, राप्रपाका रवीन्द्र मिश्रले ७३७, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२८, नेकपा एमालेका किरण पौडेलले ४९६ र नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ मत पाउनुभएको छ ।

यसै बीच काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिका २ चपलिस्थित जेष्ठ नागरिक भवनमा मतगण्ना सुरु भएको हो ।

काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा, नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराई मुख्‍य प्रतिस्पर्धी मानिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.