एन आर एन न्युज

एनआरएनए निर्वाचनको छानबिनमा सघाउन आरके शर्मालाई तेस्रो पत्राचार

गत कार्तिक ३ गते काठमाण्डौमा सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको मतपरिणाममा असन्तुष्ट रहेकका पक्षलाई स्वतन्त्र छानबिनका लागि सहयोग गर्न पुनः पत्राचार गरिएको छ ।

निर्वाचनको मतपरिणाममाा धाँधली भएको आरोप लगाएका पराजित समूहले समानान्तर गतिविधि चलाइरहेका बेला एनआरएनए सचिवालयले अन्तर्राष्ट्रियस्तरको कम्पनीबाट अनलाइन मतदानको छानबिन गर्ने प्रस्ताव गरेको थियो ।

निर्वाचनको मतपरिणामलाई लिएर उठेका सवाल सम्बोधनका लागि सोही समयमा अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र कम्पनी (नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी) प्रस्ताव गर्न असन्तुष्ट पक्षलाई पत्राचार गरिए पनि हालसम्म सो विषयमा कुनै प्रक्रिया अघि बढेको छैन ।

यस्तो अवस्थामा एनआरएनएले निर्वाचनका निकतम प्रतिस्पर्धीद्वय राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ र उपाध्यक्ष डा केशव पौडेललाई पहिलो पटक मिति २१ अक्टोवर २०२३ मा र दोस्रो पटक २७ अक्टोबर २०२३ मा पत्राचार गरिएको थियो ।

तर, सो पत्रको कुनै सुनुवाई नभएपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ (४ मंसिर २०८०) मा पुनः पत्राचार गरिएको जानकारी दिइएको छ ।

एनआरएनएका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा तेस्रोपटक गरिएको पत्राचारको मितिले ५ दिन (२४ नोभेम्बर २०२३)भित्र सो सम्बन्धी प्रस्ताव पेश गरी सम्पन्न अनलाइन निर्वाचनको छानविन तथा थप सत्य तथ्य विश्लेषण सहितको स्वतन्त्र आईटी अडिट प्रक्रिया अगाडि बढाउने कार्यमा सहजीकरण गरिदिन पुनः अनुरोध गरिएको छ ।

विज्ञप्तिमा साथै तोकिएको समयभित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिटको व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.