जन सरोकारस्वास्थ्य

दैनिक २५ मिनेट दौड्दा मृत्युको जोखिम ३५ प्रतिशतले कम

स्वस्थ र निरोगी रहन व्यायाम नै उत्तम विकल्पमा रुपमा रहेको छ । नियमित व्यायाम गर्ने व्यक्तिहरु अन्यको तुलनामा स्वस्थ र निरोगी रहने गरेका छन् ।

२५ मिनेट दौड्दा

आयु बढाउन हिड्नुभन्दा दौडनु फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ । सन् २०११ मा, ताइवानका अन्वेषकहरूले ४ मिलियन भन्दा बढी मानिसहरूलाई कडा व्यायाम (जस्तै जगिंग वा दौडने) र मध्यम व्यायाम (जस्तै तीव्र हिड्ने)मा अध्ययन गरेका थिए ।

उनीहरूले नियमित रूपमा पाँच मिनेटको दौडमा जाने मानिसको आयु १५ मिनेटको पैदल यात्रा गरेजस्तै बढेको पत्ता लगाए । अध्ययनले यो पनि देखाएको छ कि नियमित २५ मिनेट दौडिदा र १०५ मिनेट हिड्दा आठ वर्षमा मृत्युको जोखिम लगभग ३५ प्रतिशतले कम हुनेछ ।

९ किलोमिटर प्रतिघण्टाको गतिमा दौडने मानिसमा गरिएको अध्ययन
आयोवा स्टेट युनिभर्सिटीका शारीरिक गतिविधि विज्ञानका प्राध्यापक डक(चुल ली र उनका सहकर्मीहरूले सन् २०१४ मा गरेको अर्को अध्ययनले नियमित रूपमा ९ किलोमिटर प्रतिघण्टा वा ढिलो दौडने हिँड्ने र बस्ने व्यक्तिहरू तुलनामा ३० प्रतिशत बढी फिट भएको देखाएको थियो । यी व्यक्तिहरूमा मृत्युको जोखिम पनि अर्को १५ वर्षमा ३० प्रतिशतले कमी आउने देखायो ।

छिटो हिड्नुको फाइदा, श्वासप्रश्वासको गति बढ्छ
थोरै मात्रामा गतिविधि गर्नाले अक्सिजनको सेवनलाई पूर्णतया गतिहीन रहनु भन्दा बढी सुधार गर्न सक्छ । जब तपाइँ छिटो हिड्न सुरु गर्नुहुन्छ तब सबैभन्दा ठूलो फाइदा मुटुमा हुन्छ र श्वासप्रश्वासको गति पनि बढाउँछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.