जन सरोकार

नक्कली रूपैयाँसहित दुई जना पक्राउ

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फार्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ६२ वर्षीय किरण लामा र सिन्धुपाल्चोक कुभुण्डे गाउँपालिका- ३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् ।

उनीहरूको साथबाट एक हजार दरका ३ लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गेरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.