आम निर्वाचन २०७९

काठमाडौँ ३ मा चालिसे मतान्तर बढाउँदै, प्रदेश (क) मा लामा विजयी

काठमाडौँ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले अग्रता बढाउँदै जानुभएको छ । ताजा स्थितिमा चालिसेले ७८३८ मत पाउनुभएको छ भने एमालेका कृष्ण राईले ६०४९ मतसहित पछ्याइरहनुभएको छ ।

यसै गरी सोही क्षेत्रको प्रदेश (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाउनुभयो । त्यस्तै कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाउनुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाउनुभयो । निर्वाचित लामा २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो ।

यसै गरी प्रदेश (ख) मा पनि कांग्रेसका उम्मेदवार बिमल ठकुरीको अग्रता कायमै छ । यो प्रदेश क्षेत्रको छ हजार नौ सय ९१ मत गन्दा ठकुरीले तीन हजार ५२ मत पाउनुभएको छ ।

एमालेका रामेश्वर फुयाँलले दुई हजार एक सय ६४, राप्रपाका कमल सुनारले सात सय ५५ र नेकपा (माओवादी केन्द्र)का महेश्वर फुँयालले तीन सय ३९ मत पाउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.