आम निर्वाचन २०७९

बाँके २ मा धवल शमशेरको फराकिलो अग्रता

बाँके निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई फराकिलो मतान्तरले पछाडि पार्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख समेत रहनुभएका राणाले ताजा स्थितिमा १३ हजार ३ सय ५१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई जनता समाजवादी पार्टीका उम्मेदवार तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले ८ हजार ३ सय ९ मतका साथ पछ्याइरहनुभएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका सुदीन नरसिंह राणाले १ हजार ७ सय ५१ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।

त्यसै गरी बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल ५ हजार ३ सय ९१ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेश्‍वर जंग गहतराज (अथक) ४ हजार ४ सय ६५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरी २ हजार २ सय ८३ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ भने जनता समाजवादी पार्टी, नेपालका राम कुमार यादव १ हजार ७ सय ७२ मतसहित चौथो स्थानमा हुनुहुन्छ

त्यस्तै क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका किशोर सिंह राठोर ८ हजार २ सय ६१ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने

नेकपा एमालेका किस्मत कुमार कक्षपति ७ हजार ७ सय १८ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला २ हजार ६ सय ३९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.